राजनीति

प्रचण्डका घरबेटी अधिकारीलाई कारबाहीको चेतावनी

By खबरहब

June 07, 2022

काठमाडौँ – उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले व्यवसायी शारदाप्रसाद अधिकारीलाई सातदिने अल्टिमेटम दिएको छ।

निर्देशनालयले अधिकारीको नाममा अत्यन्त जरुरी सूचना जारी गर्दै सातदिन भित्रमा स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

उनको कम्पनीले ठेक्का लिएको सडक पुर्नस्थापना कार्यको प्रगति शन्तोषजनक नरहेको भन्दै कानुनअनुसार ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी पनि सूचनामा दिइएको छ ।

‘कार्य प्रगति सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको साथै कार्य सम्पन्न गर्नेतर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनिय स्पष्टीकरणसहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आधिकारीक प्रतिनिधि स्वयं यस निर्देशनालयमा उपस्थित हुन तथा सडक पुर्नस्थापना कार्य यथाशीघ्र चाँडो सम्पन्न गर्नुहुन जानकारी गराइन्छ ।’ आयोजनाद्धारा जारी सूचनामा भनिएको छ ।

अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।