तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

चीनमा शिक्षित बेरोजगार बढे, विश्वविद्यालयमा प्रदर्शन

By खबरहब

June 07, 2022

काठमाडौँ – कोरोना महामारीपछि चीनमा शिक्षित बेरोजगार बढेका छन् ।

कोरोना महामारी आफूहरुले रोजगारी पाउन नसकेको भन्दै युवाहरुले देशका विभिन्न विश्वविद्यालयमा प्रदर्शन गरेका छन् ।

तियानजिन, नान्काई र बेइजिङ नर्मल विश्वविद्यालय, चाइना युनिभर्सिटी अफ पोलिटिकर साइन्स एन्ड ल, पेकिङ विश्वविद्यालयमा प्रदर्शन भएको हो ।

विश्वविद्यालयमा प्रदर्शन र धर्नामा उत्रिएकाहरुले कर्मचारीतन्त्रको विरोध गरेका छन् ।

कोरोना महामारीका कारणले उद्योग बन्द हुँदा ६.१ प्रतिशतले बेरोजगारी बढेको अप्रिलको तथ्यांक छ ।