तस्वीर- एपी

अन्तर्राष्ट्रिय

राष्ट्रसंघका महासचिवद्वारा नाइजेरियाको चर्चमा भएको आक्रमणको निन्दा

By रासस

June 07, 2022

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराधमा संलग्न नहुन भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् ।

सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । महासचिव गुटरेसले विज्ञप्ति जारी गर्दै यस्ता कार्य मानवीय अपराध भएको भन्दै आगामी दिनमा यस्ता हिंसात्मक कार्य कसैले पनि दोहो¥याउन नहुने बताएका हुन् ।

सो चर्चमा उपस्थित सर्वसाधारणहरुमाथि हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।