काठमाडौँ– बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो ।
उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, शाहले भने ।
सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।