तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

बंगलादेशमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

By खबरहब

June 07, 2022

काठमाडौँ- बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित कन्टेनर डिपोमा लागेको आगो तीन दिनको प्रयासपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् ।

डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । यसअघि घटनमा ४९ जनाको मृत्यु भएको अधिकारीले जनाएका थिए ।

यद्यपि केही मृतकको दोहोरो गणना भएको भन्दै मृतकको संख्या संशोधन गरी ४१ मा झारिएको अन्तर्राष्टिन्य समाचार संस्था रोयटर्सले जनाएको छ ।

डिपोले सुरक्षा मापदण्डको पालना नगरेको अधिकारीहरूले जनाएका छन् । शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर सामाजिक सञ्जालमा भाइरस भएका ड्रोन फुटेजमा देख्न सकिन्छ ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन । तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारवाही गरिने बताएका छन् ।