मुख्य समाचार

इम्बोस्ड नम्बर प्लेट जडानका लागि चर्को मूल्य तोकेको भन्दै काठमाडौंमा प्रदर्शन

By खबरहब

June 07, 2022

काठमाडौं- युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दवाव दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

युवा संघ नेपालले काठमाडौंको बानेश्वरस्थीत यातायात व्यवस्था बिभाग अगाडी इम्बोस्ड नम्बर प्लेट खारेज हुनुपर्ने भन्दै बिरोध प्रर्दशन गरेका हुन् । सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा दवाव दिएको र उक्त नम्वर प्लेटको अत्याधिक मूल्यबिरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर घोटाला हो, इम्बोस्ड नम्बर चाहिँदैन, ठेकेदारलाई दुई बर्ष थप लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । इम्बोस्ड नम्बर प्लेट जडानका बिषयमा तीव्र आचोचना भएपछि बिभागले भने साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको जनाएको छ ।