प्रतिकात्मक तस्वीर

समाचार

चट्याङले इन्टरनेटमा क्षति, इ–पासपोर्ट सेवा अवरुद्ध 

By खबरहब

July 07, 2022

खोटाङ – चट्याङका कारण इन्टरनेट स्टेसनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेसनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेसनको क्षतिग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुनः बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा इन्ट्रानेटमार्फत इ–पासपोर्टको कार्य हुँदै आएको जनाइएको छ ।