नेदरल्यान्डमा भेटिएका दुई ट्रान्सजेन्डर एक अमेरिकी र अर्की बेलायती। पछिल्लो समय संसार भर छरिएका ट्रान्सजेन्डर व्यक्तिको सहयोगका महत्त्वपूर्ण श्रोत नै यी दुई बनेका छन्। बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सक्रिय उनीहरूको ध्यान अहिले केन्यामा मोडिएको छ। केन्याको शरणार्थीमाथि भएको हिंसाका बारे उनीहरूको वकालत सुरु भएको छ।
अन्ना ओग बर्नको ट्रान्स उद्धार इनबक्समा एउटा सूचना आएको थियो। त्यो सूचना उदेक लाग्दो थियो। साथीको साथीले मोम्बासामा ८ ट्रान्सजेन्डर महिला भेटेछन्। तिनीहरू एउटै कोठामा बसेका थिए। त्यहाँबाट निस्कने बित्तिकै आक्रमणको डर थियो। यस कारण उनीहरू कोठा भित्र छैनन्। भोकले छटपटाएका थिए। उनीहरूका लागि केही सहयोगको सम्भावनाका बारे त्यहाँ मेल गरिएको थियो।
बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सक्रिय उनीहरूको ध्यान अहिले केन्यामा मोडिएको छ। केन्याको शरणार्थीमाथि भएको हिंसाका बारे उनीहरूको वकालत सुरु भएको छ।
आफ्नो फ्ल्याटमा बसिरहेकी अन्नाका लागि यो एउटा आश्चर्यको कुरा थियो। यसपछि उनले केन्यामा रहेकी नुरु (नाम परिवर्तन) लाई खाद्यान्नको व्यवस्था गरिन्। ६ महिनादेखि अन्नाको सहयोगमा नुरुले खानाको व्यवस्था गरेकी छन्।
२६ वर्षीया नुरुले आफू १६ वर्षको भएदेखि नै ट्रान्सजेन्डर भएको थाहा पाएको थिइन्। त्यसै समयदेखि उनलाई केटी प्रति मात्र रुची थियो। पछि विस्तारै सामाजिक कारणले उनीहरूलाई समस्या हुँदै गएको थियो। ‘सोचेँ मलाई सबै ठिक छ’, उनले भनिन् ‘जब मैले परिवारलाई यो कुरा राखे। झाँक्रीलाई देखाइयो। झाँकीले पनि तन्त्र गरेर ठिक पार्ने कुरा गरे। यसपछि उनी घर छाडेर त्यसरी हिँडेकी हुन्।’
एक वर्ष अगाडि नुरु घरबाट भागेकी हुन्। बस स्टपमा एउटा भ्यान आएपछि उनी पछाडिको खुला ठाउँमा बसेर त्यहाँबाट हिँडेकी थिइन्। त्यो भ्यान कहाँ जाने भन्ने पनि उनलाई थाहा थिएन। एक छिनमै भ्यान मोम्बासाको समुद्री किनारमा पुगेर रोकिएको थियो। उनले त्यही बसेर रेस्टुरेन्टमा वेटरको काम सुरु गर्न थालेकी थिइन्।
जब उनी ट्रान्सजेन्डर भएको त्यहाँका मानिसले थाहा पाए उनलाई थर्काउने र दुर्व्यवहार गर्ने कामको सुरुवात भयो। त्यसपछि फेरि घर फर्कने योजनामा रहेकी उनलाई एक जना साथीले अन्नालाई सम्पर्क गर्न भनेका हुन्। अमेरिकामा जन्मेर हुर्किएकी अन्नाले सन् १९८० देखि समलिङ्गीका पक्षमा आवाज उठाउँदै अभियान नै थालेकी छिन्।
एक वर्ष अगाडि नुरु घरबाट भागेकी हुन्। बस स्टपमा एउटा भ्यान आएपछि उनी पछाडिको खुला ठाउँमा बसेर त्यहाँबाट हिँडेकी थिइन्। त्यो भ्यान कहाँ जाने भन्ने पनि उनलाई थाहा थिएन।
लैङ्गिक कारणले हुने भेदभावको स्थलगत अध्ययन गर्ने लक्ष्यका साथ उनी भारतमा पुगेर हज्रा समुदायसँग पनि सम्पर्क गरेकी थिइन्। हज्रा समुदाय भारतमा दुई हजार वर्षदेखि अघिको तेस्रो लिङ्गीको समुदाय हो। अमेरिका फर्केपछि सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अन्नाले यो अभियान नै झन्डै छाडीसकेकी थिइन्। त्यस समयमा सेनामा ट्रान्सजेन्डरलाई प्रतिबन्ध लगाइयो भने तेस्रो लिङ्गी र समलिङ्गीलाई विद्यालय, कलेज र कार्यालयमा असहज वातावरणको सिर्जना गरियो।
अमेरिकाको आधिकारिक निकायले नै व्यक्तिको सूची र जनशैलीको कुरालाई बेवास्ता गर्दै जन्मजात जननेन्द्रीय अवस्थाको आधारमा मात्र लैङ्गिक पहिचान हुने भन्ने खालको कागजपत्र तयार पारिएको थियो। यस कागजपत्र बाहिरिए पछि अन्नालाई यसले धेरै निराश बनाएको थियो। सन् २०१८ मा अन्नाले यस्तै अर्की एक समलिङ्गी महिला हिललाई भेटेकी थिइन्। मिस्टीलाई पनि अन्नालाई जस्तै महसुस भएको रहेछ। यसपछि दुवैले अमेरिका छाडे। अन्ना नेदरल्यान्ड पुगिन भने मिस्टी आयरल्यान्ड गइन्।
लैङ्गिक कारणले हुने भेदभावको स्थलगत अध्ययन गर्ने लक्ष्यका साथ उनी भारतमा पुगेर हज्रा समुदायसँग पनि सम्पर्क गरेकी थिइन्। हज्रा समुदाय भारतमा दुई हजार वर्षदेखि अघिको तेस्रो लिङ्गीको समुदाय हो।
सन् २०२० मा अन्नाकै सहयोगमा मिस्टीले ट्रान्स ओम्यान नामको संस्था गठन गरेकी छन्। संसारमा अप्ठेरोमा परेको समलिङ्गी महिलालाई सहयोग गर्न यो संस्था सक्रिय छ। गत वर्ष अन्नाले बेलायती ट्रान्स ओमन सङ्गठनको समन्वयमा आर्मस्ड्रममा अर्को अभियानको सुरुवात गरिन्। उनीसँगको सहकार्यमा जेनी लिस्ट पनि जुटेकी छन्। मीस्टीले भने आयरल्यान्डमा बसेर यस विषयमा अभियान चलाएकी छन्।
उनीहरूले सातामा चार वटा मेल पाउने गरेका छन्। प्राय यस्ता मेल दक्षिण अमेरिका, मध्यपूर्व र उत्तर अफ्रिकाबाट आउने गरेका छन्।तथ्याङ्कमा समेत अब्बल यो संस्थाले थुप्रै देशमा स्वयंसेवक परिचालन गरेर आफ्नो अभियानलाई अगाडी बढाइ रहेको छ। स्वयंसेवकले तल्लो तहमै पुगेर त्यहाँ वस्तुस्थिति बुझेर अन्ना र जेनीलाई खबर गर्ने गरेका छन्।
अन्ना र जेनी कहाँ यो कुरा पुगेपछि पीडितको व्यवस्थापन हुने गरेको छ। अन्नाकै अनुभवमा यसरी समस्यामा परेकालाई सुरक्षित र कानुनी वैधता पुरा गरेर आफू कहाँ ल्याउने र संरक्षण दिने काम गर्नु पर्दा धेरै नै ढिला हुने गरेको छ। यदाकदा आफ्नै देशमा रहेर उनीहरूको सहयोगको अपेक्षा गर्ने पनि हुन्छन्। ‘यी सबै उनीहरूको आफ्नो रोजाइमा पनि निर्भर रहने हो’, अन्नाले भनिन्, ‘समलिङ्गीका लागि प्रतिकुल कानुन भएको देशमा उनीहरू धेरै काम गर्न चाहन्छन्।’
एक्लै व्यक्तिलाई पनि धेरै दुःख गरे उद्धार गरिएको घटना भने नुरुकै हो। त्यस समय नुरुलाई अन्य समलिङ्गीको माझबाट पनि छुटाएर कतै सुरक्षित रूपले राखेको छ। अपेक्षा नै नगरेको सहुलियत र जीवन पाएपछि नुरु खुसी भएकी छन्। उद्धार गरिनुपूर्व उनी मोम्बासाको गर्मीमा एउटै कोठामा ७ जनासँग गुम्सिएर बसेकी थिइन्।
‘त्यहाँ जलन नै भइरहेको थियो’, नुरुले भनिन्, ‘एउटा पुरुषले बेवारिसे अवस्थामा ती महिलाको समूहलाई फेला पारेपछि लगेर राखेको थियो। यसपछि नै धेरै पुरुषले यौन दुर्व्यवहार समेत गरेका थिए।’ उनीहरूले बिरलै खान पाउँथे। केही तलमाथि भएमा पिटाइ खाइ हाल्नु पर्ने। नुरुले नै अन्ना र जेनीलाई भनेपछि अहिले ती सबैको उद्धार भएको छ। नयाँ वासस्थानमा उनीहरू लगिएका छन्। त्यहाँ पनि उनीहरू सुरक्षित छैनन् र समुद्री किनारमा हिँडी रहेको समयमा भएको आक्रमणमा यी मध्यको एक जनाको ज्यान गत साता गएको छ।
नुरुलाई अन्य समलिङ्गीको माझबाट पनि छुटाएर कतै सुरक्षित रूपले राखेको छ। अपेक्षा नै नगरेको सहुलियत र जीवन पाएपछि नुरु खुसी भएकी छन्। उद्धार गरिनुपूर्व उनी मोम्बासाको गर्मीमा एउटै कोठामा ७ जनासँग गुम्सिएर बसेकी थिइन्।
यसैले अन्नाका लागि शरणार्थीको रूपमा रहेका समलिङ्गीका लागि भवनको आश्रय स्थलको आवश्यकता महसुस भयो। अहिले केन्यामा यसको निर्माण कार्य सुरु भइसकेको छ। यस स्थानमा सबैलाई सुरक्षित रूपले राख्न सकिने छ। त्यहाँ कोही लुकेर र या हिन भावना राखेर बस्नु पर्ने अवस्था नरहेको अन्ना बताउँछिन्।
त्यसै स्थानमा एकले अर्कालाई माया प्रेम र सद्भाव राख्ने भएकाले त्यो स्थान सबै भन्दा उपयुक्त हुने अन्नाको ठहर छ। हामी यदि आफू सुरक्षित स्थानमा रहेका छौ भने अन्य सबै जना पनि सुरक्षित हुनुपर्छ भन्ने सोच्न आवश्यक छ। अहिले यसका लागि नयाँ घर पनि फेला परेको छ। खरिदका लागि यसको मूल्य १० हजार युरो राखिएको छ। यो १० हजारबाट घरको साथमा आवश्यक सामग्री पनि खरिद गर्न सकिने छ।
कुनै दिन मानसिक थेरापी र उपचारको व्यवस्था गर्ने सोचमा अन्ना छिन्। तत्कालका लागि भने शारिरिक रूपले सुरक्षित रूपले अप्ठेरोमा परेकालाई व्यवस्थित गराउनेमै उनको चासो छ।
यसको तयारी भएपछि मोम्बासामा उद्धार गरिएका सात जना नै त्यहाँ बसोबास गर्ने पहिले व्यक्ति हुनेछन्। यसपछि संसार भरमा यस्तो समस्यामा परेकालाई त्यहाँ आश्रयस्थल दिइने छ। अन्नाकै अनुसार उनीहरूले गत महिना साउदी अरेबियाबाट समलिङ्गी पुरुषको उद्धार गरेका थिए। त्यस संस्थाले उद्धार नगरेको भए ती पुरुषको साउदी अरेबियाकै ज्यान जाने सम्भावना पनि थियो।
कुनै दिन मानसिक थेरापी र उपचारको व्यवस्था गर्ने सोचमा अन्ना छिन्। तत्कालका लागि भने शारिरिक रूपले सुरक्षित रूपले अप्ठेरोमा परेकालाई व्यवस्थित गराउनेमै उनको चासो छ। स्रोत : बीबीसी