आर्थिक

बजेट परिणाममुखी छ : प्रदेश १ का स्वास्थ्य मन्त्री यादव 

By खबरहब

July 07, 2022

काठमाडौँ – प्रदेश १ सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन् ।

प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा मन्त्री यादवले बजेट जथाभाबी छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ ।’ उनले भने ।

प्रदेश १ सरकारको कूल बजेटको ९ प्रतिशत झन्डै (४ अर्ब) बजेट स्वास्थ्य क्षेत्रलाई छुट्टाएको उनले जानकारी दिए । केन्द्रीय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ ।

प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानीय तहका हरेक वडामा स्वास्थ्य चौकीदेखि आवश्यक स्थानमा वर्थिङ्ग सेन्टर स्थापना भइरहेको उनले बताए ।