प्रवास

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाऊ 

By खबरहब

July 07, 2022

काठमाडौँ- कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो ।

‘कतारमा कोरोना संक्रमणको दरहरू बढ्दै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषद्को निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ वर्ष भन्दा बढी उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरी बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली कतार जाने गरेका छन् । कतारमा हाल तीन लाखभन्दा बढी नेपाली रहेका छन् ।