मुख्य समाचार

काठमाडौँमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन

By खबरहब

July 07, 2022

काठमाडौँ- साझा यातायातले बिहीबारदेखि नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा विद्युतीय बस बिहीबारबाट सञ्चालनमा आएका हुन् ।

साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरेका हुन् । विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।

साझाका तीन वटै बसमा चालक र परिचालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दसैँ अघि सेवा सुरु हुने बताइएको छ । साझा यातायातले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।