फाइल तस्वीर

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोनसनद्वारा पदबाट राजीनामा

By खबरहब

July 07, 2022

काठमाडौँ– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

‘नयाँ नेता चुन्ने प्रक्रिया अब सुरु हुनुपर्छ ।’ प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरुले जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएसँगै जोनसनमाथि पनि राजीनामा दिन दबाब उत्पन्न भएको थियो ।

यद्यपि प्रधानमन्त्री जोनसनले यसअघि आफूले राजीनामा नदिने अडान लिएका थिए ।

उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।