फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

बाढी पहिरोका कारण पाकिस्तानमा १५ जनाको मृत्यु

By खबरहब

July 07, 2022

काठमाडौँ- पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ ।

देशको बलुचिस्तान र गिल्गिट बाल्टिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

मृत्यु भएकामध्ये १० जनाको बलुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ ।

वर्षाले धेरै घरहरूमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

विस्थापित भएकाहरूका लागि आवश्यक त्रिपाल उपलब्ध गराइएको छ । उनीहरू त्यसैमा बसेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी गिल्गिट बाल्टिस्तानमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये चार महिला रहेका छन् भने एउटा बच्चा रहेका छन् ।

अत्यधिक वर्षाका कारण ती क्षेत्रमा बाढी र पहिरोहरू गएका छन् । ठूलो जनधनको क्षति भएपछि त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।