फाइल तस्वीर- एक्सडस

अन्तर्राष्ट्रिय

भारतले मदागस्करलाई १५ हजार साइकल प्रदान गर्ने

By खबरहब

July 07, 2022

काठमाडौँ– भारतले हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करलाई १५ हजार साइकल प्रदान गर्ने भएको छ ।

राजधानी अन्तानानारिभोमा रहेको भारतीय दूतावासले मदागस्कार सरकारलाई साइकल प्रदान गर्न लागेको हो ।

मदागस्करका लागि भारतीय राजदूत अभय कुमारले भारतले मदागस्करलाई साइकल प्रदान गरेसँग मुलुकमा साइकल संस्कृतिको विकास हुने अपेक्षा गरे ।

मदागस्करमा रहेका साइकल क्लबहरुसँगको सहकार्यमा १५ हजार साइकल वितरण गर्न लागिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।