अन्तर्राष्ट्रिय

पाकिस्तानले चीनलाई सुरक्षा कम्पनी स्थापना गर्न नदिने

By खबरहब

July 07, 2022

काठमाडौँ– पाकिस्तानमा सुरक्षा कम्पनी स्थापना गर्न चीनले गरेको प्रस्ताव पाकिस्तानले अस्वीकार गरेको छ ।

पाकिस्तानको एआरवाई न्युज समाचार च्यानलका अनुसार पाकिस्तानका आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले पाकिस्तानमा अर्को मुलुकलाई सुरक्षा कम्पनी स्थापना गर्न दिन अस्वीकार गरेका हुन् ।

यसअघि चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी स्थापना गर्न दिनका लागि आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

केही समययता पाकिस्तानमा चिनियाँ नागरिकलाई लक्षित गर्दै आक्रमणहरु बढ्दै गएसँगै पाकिस्तानमा चीनले सुरक्षा कम्पनी खोल्न आग्रह गरेको बताइएको छ ।

पाकिस्तानमा चिनियाँ लगानीमा निर्मित चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) पूर्वाधार निर्माणका लागि पाकिस्तानमा दशौँ हजार पाकिस्तानी नागरिक बसोबास गर्दै आएका छन् ।

यद्यपि पछिल्लो समय पाकिस्तानबाट चिनियाँ नागरिकहरु बाहिरिने क्रम बढेको समाचार सार्वजनिक भएको थियो ।