फाइल फोटो

गाजा हिंसामा ६ बालबालिकासहित २४ जनाको मृत्यु

By खबरहब

August 07, 2022

गाजा सिटी – गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन् । इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ।

शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन्।

सन् २०२१ को मे महिनामा भएको ११ दिन लामो द्वन्द्वमा २०० भन्दा बढी प्यालेस्टाइनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि इजरायल र गाजाबीच पछिल्लो गम्भीर हिंसा हो।

प्यालेस्टिनीहरूको मृत्यु र २०३ जना घाइते हुने गरी भएका हमलामा इजरायली आक्रमण दोषी रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।