आर्थिक

पिपुल्स पावरको आईपीओ ३१ साउनमा खुल्ने

By खबरहब

August 07, 2022

काठमाडौँ – पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । योमध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।