सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

अमेरिकाको ओहायोमा गोली प्रहार, ४ जनाको मृत्यु

By खबरहब

August 07, 2022

न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।

आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।