समाचार

राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थी प्रहरी नियन्त्रणमा

By खबरहब

August 07, 2022

काठमाडौँ- गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरूले प्रदर्शन गर्न खोजेका थिए । प्रदर्शनकारीले एम अधिकारी राजीनामा दे, नालायक गभर्नर मुर्दावाद लगायतका नारा लगाएका थिए ।