बलिउड/हलिउड

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक 

By खबरहब

August 07, 2022

काठमाडौँ- नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ ।

पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीन जना साथीलाई देखाइएको छ ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । यो फिल्म आगामी ११ नोभेम्बरका दिन रिलिज हुँदैछ । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका रहेको छ । यो  सिनेमा नेपालका विभिन्न हिमाली भेगमा सुटिङ गरिएको थियो ।