आर्थिक

१० अंकले बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार 

By खबरहब

August 07, 2022

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ। नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ। आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो।

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटेल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र व्यापार उपसमूह ३८ अंक बढे।

जीवन बीमा भने चार अंक घट्यो। कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।