सांकेतिक तस्बिर

देश/प्रदेश

करेन्ट लागेर तीन जनाको मृत्यु   

By खबरहब

August 07, 2022

काठमाडौँ- मोरङ, मकवानपुर र सिराहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरमा बिजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको हेटौँडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज मुखियाको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।

छिमेकीको घरमा चार्जमा राखेको बरफ/आइसक्रिम बेच्न प्रयोग हुने ठेला छुँदा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।