तस्वीर- युरेशिया रिभ्यु

अन्तर्राष्ट्रिय

गत साता मात्रै इरानमा ३२ जनालाई मृत्युदण्डको सजाय

By खबरहब

August 07, 2022

काठमाडौँ- इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार एवम् परोपकारी संस्थाले जनाएको छ ।

इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै ३२ जनालाई मृत्युदण्ड दिइएको छ ।

इरानमा मृत्युदण्ड दिइने दर बढेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ ।

इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।

पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि रहेको जनाइएको छ ।

इरानको मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको जनाएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।