तस्वीर- न्युज कारखानाबाट

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्‍वारी दिने इमरान खानको घोषणा

By खबरहब

August 07, 2022

काठमाडौँ- पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा सबै नौ वटा क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उक्त पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि पाकिस्तानमा रिक्त नौ वटा स्थानमा उपनिर्वाचन हुँदै छ ।

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको जनाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।