खेलकुद

विवादले खेल क्षेत्र प्रभावित : अध्यक्ष महर्जन

By खबरहब

August 07, 2022

ललितपुर- ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका- २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए ।

बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवको विषय भएको उनले बताए । साथै, उनले जिल्लाको खेलकुदको विकासमा गर्न सक्ने सहयोग गर्न सधैँ तत्पर रहेको पनि बताए ।

ललितपुर महानगरपालिका-२६ का वडा अध्यक्ष शुरेस महर्जनले क्लबको वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे । उनले अन्तर्राष्ट्रिय खेलमा भाग लिनका लागि आवश्यक कुरा वडामा आएर प्रष्ट पार्न सकिने बताए ।

कार्यक्रममा सोमाङ स्कुलका पूर्व प्रधानाध्यापक जीतबहादुर घलेले खेलप्रति माया भएकाले बुदोकैदो क्लबलाई २० हजार २२ रुपियाँ सहयोग गरे ।  बुदोकैदो अर्थात नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ ।