तस्वीर- ट्विटर/ भारतीय सेनाको उत्तरी कमाण्ड/स्क्रिनग्राब

अन्तर्राष्ट्रिय

लद्दाखमा भारतीय सेनालाई नयाँ बख्तरबन्द गाडी प्रदान, के छन् विशेषता ?

By खबरहब

August 07, 2022

काठमाडौँ– लद्दाखमा तैनाथ भारतीय सुरक्षा बललाई नयाँ बख्तरबन्द गाडी प्रदान गरिएको छ । लद्दाखमा रहेका भारतीय सुरक्षा बललाई ‘इन्फ्यान्ट्री प्रोटेक्टेड मोबिलिटी भेइकल’ नामक बख्तरबन्द गाडी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस किसिमको बख्तरबन्द गाडीको १६ हजार फिटमाथि लड्ने क्षमता उच्च रहेको जनाइएको छ ।

यी बख्तरबन्द गाडीलाई पूर्वी लद्दाखको पठार क्षेत्रमा तैनाथ गरिने जनाइएको छ । यी गाडीहरुमा ३६० डिग्री घुम्नसक्ने मेसिनगन रहेको र यो मेसिनगनलाई रिमोटबाट नियन्त्रण गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१२ जनासम्म सैनिक बोक्न सक्ने यस गाडी बुलेटप्रुफ रहेको छ ।

हाल लद्दाखमा तैनाथ गरिएपनि उत्पादन बढ्दै जान थालेपछि अन्य क्षेत्रमा पनि प्रतिआतंकवादी कारवाहीका लागि यी गाडीहरु तैनाथ गरिने भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इण्डिया टुडेको अनलाइन संस्करणले जनाएको छ ।

यी गाडीहरुलाई भारतीय कम्पनी टाटा एड्भान्स्ड सिस्टम्स लिमिटेड नामक कम्पनीले उत्पादन गर्दै आएको छ । यी सवारीहरु गस्ती, सैनिकहरुको द्रुत तैनाथी एवम् आक्रामक कारवाहीका लागि प्रयोग हुनेछन् ।