फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानको खैबर पख्तुनख्वामा पछिल्लो १५ वर्षमा १ हजार ७२ प्रहरी मारिए

By खबरहब

August 07, 2022

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो १५ वर्षमा १ हजार ७२ जना प्रहरी मारिएको तथ्यांक सार्वजनिक भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा रहेका १ हजार ४ सय ८० प्रहरी तैनाथ रहेकोमा पछिल्लो १५ वर्षमा १ हजार ७२ जना जवान मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

यससँगै हाल उक्त प्रान्तमा केबल ४०८ प्रहरीमात्रै बाँकी रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरु आत्मघाती बम आक्रमण, बम विष्फोट, लक्षित आक्रमण, हत्या, सांघातिक हमलाजस्ता आक्रमणमा मारिएको जनाइएको छ ।

यसबाहेक उक्त प्रान्तमा सन् १९७० देखि सन् २००६ को अन्त्यसम्म ३६ वर्षको समयावधिमा कूल ३८९ पाकिस्तानी सैनिक पनि मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

मारिनेमा २३८ जना हवल्दार, २८ जना वरिष्ठ हवल्दार, ५८ जना सहायक उपरीक्षक, ३७ जना उपरीक्षक र दुई जना प्रहरी निरीक्षक रहेका छन् ।

यसबाहेक प्रहरीका दुईजना डीएसपी, एकजना एएसपी, एकजना एसपी र एकजना डीआईजी पनि प्रान्तमा भएका विभिन्न घटनाहरुमा मारिएको जनाइएको छ ।

सन् २००७ यता खैबर पख्तुनख्वामा प्रहरीलाई लक्षित गरी आक्रमणहरुको क्रम बढ्न थालेको जनाइएको छ ।

सन् २००७ को सुरुवातमा प्रान्तको किस्सा ख्वनीमा रहेको कसिम अली खान मस्जिद नजिकै आत्मघाती आक्रमण हुँदा प्रान्तीय राजधानीका प्रहरी प्रमुख मालिक मोहम्मद सादसहित धेरै प्रहरीको मृत्यु भएको थियो ।