देश/प्रदेश

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नियालो घारीबाट पक्राउ

By खबरहब

August 07, 2022

कास्की– बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ ताराखोला गाउँपालिका वडा नं १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने २७ वर्षीय दिक्षा पुन रहेकी छिन् । उनलाई शनिबार दिउँसो कास्की प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटी स्थित नियालो घारीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी रु तीन लाख बराबरको चेक दिएकी थिइन । साथै उनीविरुद्ध विभिन्न व्यक्तिहरूलाई बेलायत पठाई दिन्छु भनि रकम लिई ठगी गरेको मुद्धा समेत परेको छ । उच्च अदालत पोखराबाट ७ दिन म्याद थप गरी प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।