सांकेतिक तस्बिर

देश/प्रदेश

सडकमा हिडिरहेकी महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ

By खबरहब

August 07, 2022

काठमाडौँ– बालाजु सडकमा हिडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई हाल टोखा–३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका–३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।