फाइल फोटो

देश/प्रदेश

प्रचण्ड र माधवसहितको वाम एकता हुँदैन : शंकर पोखरेल

By खबरहब

August 07, 2022

काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन ।

एमाले जिल्ला कमिटी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पोखरेलले .माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको टिप्पणी गरेका हुन ।