फाइल फोटो

ब्रेकिङ स्टोरी

एमालेको आरोप : सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्‍यो

By खबरहब

September 07, 2022

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएका हुन् ।

निर्वाचनलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए ।

काम चलाऊ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै उनले जथाभाबी, मनलाग्दी, निर्वाचन प्रभावित पार्ने गरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए ।

राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने  विभेदविरुद्ध एमाले उत्रिने उनको चेतावनी छ ।