फाइल फोटो

समाचार

विद्यार्थी लक्षित चेकिङ : ३७ जना विद्यार्थी चालकमाथि कारबाही

By खबरहब

September 07, 2022

काठमाडौँ- स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साउन ३० गतेबाट सुरु भएको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार २०२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।