तस्वीर- रुप्ट्ली/स्क्रिनग्राब

अन्तर्राष्ट्रिय

चीनमा लकडाउनका कारण भूकम्पको बेला पनि भाग्न नपाएको भन्दै स्थानीयको आक्रोश

By खबरहब

September 07, 2022

काठमाडौँ- भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूले कोभिड लकडाउनका कारण अधिकारीहरुले आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

चेङ्दुका केही मानिसले ६.८ म्याग्निच्युडको भूकम्प जाँदा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भूकम्पका कारण कम्तीमा ७४ जनाको ज्यान गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुको भनाइ छ ।

फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन घोषणा गरिएको छ । चीनको कोभिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लकडाउन जारी हुने गरेको छ । स्थानीय बासिन्दाहरु यसको चपेटामा परेको बताइएको छ ।

एकजना स्थानीय बासिन्दाले भूकम्पको धक्का महसुस गरेपछि आफू ३० तलाको भवनबाट तल झरेको तर प्रतिबन्धका कारण गेटबाट बाहिर निस्कन नपाएको गुनासो गरे ।