तस्वीर- ट्विटर/युगाण्डा रेडक्रस

अन्तर्राष्ट्रिय

युगाण्डामा पहिरोले पुरिएर १५ जनाको मृत्यु

By खबरहब

September 07, 2022

काठमाडौँ- अफ्रिकी मुलुक युगाण्डामा पहिरोका कारण १५ जनाको ज्यान गएको छ । मुलुकको पश्चिममा रहेको कसेसेस्थित कासिका गाउँमा पहिरोले पुरिएको अवस्थामा १५ जनाको शव निकालिएको युगाण्डाको रेडक्रसले जनाएको छ ।

रेडक्रसका अनुसार पहिरोमा पुरिएका ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसेको सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ ।

मङ्गलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशङ्का गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।

विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसले गर्दा उत्पन्न वर्षाजन्य विपद्का घटनाका कारण मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ ।

शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।