सांकेतिक तस्वीर

देश/प्रदेश

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

By खबरहब

September 07, 2022

काठमाडौँ- दोलखाको जिरी नगरपालिकाबाट एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका ९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।

एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ ।

भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा बुधबार अपराह्न बस्तुभाउ चराइरहेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।