प्रवास

साउदीमा एक नेपाली बेपत्ता

By खबरहब

October 07, 2022

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । बाराको सुवर्ण गाँउपालीका वडा नं. ६ स्थायी घर भई साउदी अरबको गोल्डेन किचेन कम्पनीमा कार्यरत शेष सफिउल्लाह बेपत्ता भएका हुन् । 

रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नम्बर १०३५४९४२ तथा साउदी इकाम २५१२३६५७३१ भएका शेष गत १३ सेप्टेम्बर देखि कम्पनी छोडी हिँडेको र कसैको सम्पर्कमा नआएको जनाइएको छ ।

उनलाई देख्ने, भेट्ने वा सम्पर्कमा हुने व्यक्तिहरूले दूतावास रियादको टेलिफोन नम्बर ०११-२८८३७९५ तथा निजको दाजु शेख अब्दुल हवाबको सम्पर्क नम्बर ०५७१३९१००३ मा सम्पर्क गरी जानकारी गराइदिन पनि दूतावासले अनुरोध गरेको छ ।