देश/प्रदेश

पदयात्राका क्रममा बिरामी परेका पर्यटकको हवाई उद्धार

By खबरहब

October 07, 2022

रसुवा- हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ ।

लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाईंकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय  इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।

डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ ।

रसुवाको गोसाईंकुण्ड र लाङ्टाङ  हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी दिए। पर्यटकको आगमन समय  सुरु भइसकेका कारण हिमाली क्षेत्र रसुवाको गोसाईंकुण्ड तथा लाङ्टाङ क्षेत्रका पदमार्गमा रौनकता बढिसकेको पर्यटन व्यवसायीले जनाएका छन् ।