फाइल फोटो

ब्रेकिङ स्टोरी

लोसपाका नेताहरू बालुवाटारमा

By खबरहब

October 07, 2022

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् ।

सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रूपमा बुझिएको छ ।

शरदसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनालसहितको टिम बालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ ।