प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

खोलामा बगेर एक महिला बेपत्ता

By खबरहब

October 07, 2022

धनगढी– खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् ।

उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको छ ।