संसारमा शीर्ष नेता इजिप्टमा भेला भइसकेका छन्। भेलामा उनीले जलवायु परिवर्तनको बारेमा छलफल गर्ने छन्। पछिल्लो समयको तातो हावा, डढेलो, भेल र बाढीको समस्याले संसार नै आक्रान्त भएको छ। गएको दुई वर्ष भिषण प्राकृतिक विपत्तिबाट संसारका धेरै देश प्रभावित भए। यी नै विषयमा संसारका शीर्ष नेता इजिप्टमा जम्मा भएर कोप २७ को रूपमा ६ देखि १८ नोभेम्बरको बीचमा छलफल गर्ने छन्।
सहनै नसकिने उखरमाउलो गर्मीले संसारका धेरै देश समस्यामा छन्। धेरै देशको नेतृत्व पेरिस सम्झौतामा गरेको प्रतिबद्धता अनुसार आफू चल्न सकेका छैनन्। पाकिस्तानको भयानक बाढी तथा पूर्वी अफ्रिकामा कीर्तिमान नै राख्ने खडेरीको कारण त्यहाँको जनजीवन नै प्रभावित भएको थियो। यस भयावह अवस्थाबाट पार पाउनकै लागि धेरै देश सङ्घर्ष गरि रहेको समयमा युवाको भने आक्रोश देखिएको छ।
त्यसो त यस अगाडि नै ग्लास्गोमा भएको कोप २६ को समयमा पनि सम्मेलन स्थलबाहिर युवा भेला भएर संसारकै नेतृत्वले सही कदम चाल्न नसकेको र यसै कारणले आफ्नो पुस्ताको भविष्य नै सङ्कटमा परेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका थिए।
धेरै युवा अभियन्ता अहिले पृथ्वी नै गम्भीर जोखिममा परेको बताउन थालेका छन्। उनीहरूको मतमा हामीले यस्ता गतिविधि गरी रहेका छौ कि जुन गतिविधिका कारण केही वर्षमा मानव जगत नै ठूलो सङ्कटमा फस्ने निश्चित छ।
यो आक्रोश र निराशाको बीचमा यस पटक पनि युवाको विद्रोह गुन्जिन थालेको छ। धेरै समीक्षक र विश्लेषक भने युवाको यो आक्रोशलाई सकारात्मक रूपमा लिन थालेका छन्। वाथ इन्भारमेन्ट विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक लोराइन ह्वाइट मार्स युवाको यसै गतिविधिका कारण धेरै देशका नेतृत्वलाई जलवायु परिवर्तनलाई गम्भीरता पूर्वक लिन तथा सही कदम चाल्न प्रेरित गरेको बताउँछन्।
ह्वाइट मार्स अहिले जलवायु परिवर्तन र यसमा धेरै देशले चालेको कदमका विषयमा अनुसन्धान गरिरहेका छन्। उनले कार्बन उत्सर्जनलाई हटाउने विविध विषयका बारे पनि अध्ययन गरिरहेका छन्।
यो निराशाको बारे कुरा गर्दा धेरै युवा अभियन्ता अहिले पृथ्वी नै गम्भीर जोखिममा परेको बताउन थालेका छन्। उनीहरूको मतमा हामीले यस्ता गतिविधि गरी रहेका छौ कि जुन गतिविधिका कारण केही वर्षमा मानव जगत नै ठूलो सङ्कटमा फस्ने निश्चित छ। ‘यसमा निराशा नहुने भन्ने त कुरै आउँदैन। हामीले अहिले पढेका समाचार नै अत्यास लाग्दा छन्। हिउँ पग्लँदै छ। कुनै दिन हामी यसबाट उत्पन्न हुने समस्या पनि समाधान गर्न नसक्ने अवस्थामा हुने छौं,’ उत्तरी आयरल्यान्डकी १६ वर्षीया रोइसीनले भनिन्।
धेरै युवा अभियन्ता अहिले पृथ्वी नै गम्भीर जोखिममा परेको बताउन थालेका छन्। उनीहरूको मतमा हामीले यस्ता गतिविधि गरीरहेका छौ कि जुन गतिविधिका कारण केही वर्षमा मानव जगत नै ठूलो सङ्कटमा फस्ने निश्चित छ।
सेभ द चिल्ड्रेनकी युवा सल्लाहकार बोर्डमा रोइसीन सदस्य छिन्। उनकै मत अनुसार अहिले बेलायतका ९० प्रतिशत व्यक्ति आफ्नो भविष्य प्रति चिन्तित हुन थालेका छन्। यसका बाबजुद उनका आशा भने नमरेको होइन। गेटा थनवर्ग जस्ता अभियन्ता र डेभिड एटनबर्ग जस्ता वातावरण प्रेमीहरूको उपस्थिति संसारका सुन्दर पाटो भएको उनको जिकिर छ। अहिले रोइसीनले आफैबाट परिवर्तनको सुरुवात गरेकी छन्। जीवन यापनको शैली परिवर्तन गर्ने क्रममा शाकाहारी भएकी छिन्। वातावरण र जलवायु परिवर्तनका लागि आफैबाट कदम सुरु गरेकी छन्। उनको विचारमा सरकारको मात्र भर नगरेर आफ्नो अगाडि देखिने कुरामा सबैले सावधानी अपनाएमा धेरै समस्या हल हुन सक्छन्।
क्यालिफोर्नियाका २३ वर्षीया अभियन्ता झारा बियाब्नीको विचारमा जलवायु प्रकोपको बारे संसारका धेरै सरकारको अन्यौलता आश्चर्यजनक नै छ। अहिले उनी पनि केही हदसम्म आशावादी भने हुन थालेकी छन्। उनको विचारमा जलवायु परिवर्तनको मुद्दामा युवाहरूको ध्यान गएसँगै धेरै समस्याको हल पनि हुनसक्ने छ।
उनी पनि आशावादी हुने नाममा चुप लागेर बसेर केही नहुने बताउँदै आफ्नो तर्फबाट पहल जारी राख्नु पर्ने कुरामा जोड दिन्छिन्। उनी पुस्तागत भिन्नताका कारण समस्या बढेको बताउने गरेकी छिन्। उनकै विचारमा युवा पुस्ता पृथ्वीलाई बचाउने तरिकाको बारे सोची रहेको छ। यसै कुरामा त्यो पुस्ता चिन्तित पनि छ। तर, पुरानो पुस्ताकै गतिविधिका कारण पृथ्वी नास हुने बाटोमा गएको उनको आक्रोश छ।
उनको विचारमा युवा पुस्तामा धेरै नै निराशा छाएको छ। सरकार र नेतृत्वप्रति युवा पुस्ताको भरोसा टुटेको छ। भरोसा टुटेकै कारण उनीहरू नयाँ उपायको खोजी गरिरहेका छन्। नोविश्लेषक ह्यारोलाइन हिक्याम आफू बसेको पृथ्वीको बारे चिन्ता गर्नु स्वाभाविक भए पनि चिन्ता मात्र गरेर समस्या समाधान हुन नसक्ने बताउँछिन्।
युवा पुस्तामा धेरै नै निराशा छाएको छ। सरकार र नेतृत्वप्रति युवा पुस्ताको भरोसा टुटेको छ। भरोसा टुटेकै कारण उनीहरू नयाँ उपायको खोजी गरिरहेका छन्।
यो चिन्तासँगै पछिल्लो पुस्ताको मानसिक स्वास्थ्यमा गम्भीर असर त पर्ने होइन भन्ने चासो पनि पछिल्लो समय धेरै क्षेत्रमा बढ्न थालेको छ। जलवायु परिवर्तन र यसबाट सृजित समस्याका कारण मानसिक स्वास्थ्यमा समस्या आउन सक्ने चिन्ता पनि विश्लेषकमा देखिन थालेका छ। ह्वाइटमर्सकै विचारमा जलवायु समस्याका बारे युवा समुदायमा धेरै चिन्ता छाएको छ। यस कारण मानसिक स्वास्थ्यमा समस्या हुन नदिनका लागि निश्चित उपाय अवलम्बन गर्न जरुरी नै छ।
मानसिक समस्या आउन नदिने भने केही कुरा अत्यन्त जरुरी छ। यसका लागि नकारात्मक भन्दा सकारात्मक समाचारमा नै बढी चासो दिने हो। अर्को उपाय भनेको केही समय जलवायु परिवर्तनको बारे चासो नदिनु पनि हो। बिचमा ब्रेक लिएर खेलकुद, मनोरञ्जन र अन्य लाभदायक गतिविधिमा आफूलाई केन्द्रित गर्नु नै हो।
जलवायु परिवर्तन र यसबाट सृजित समस्याका कारण मानसिक स्वास्थ्यमा समस्या आउन सक्ने चिन्ता पनि विश्लेषकमा देखिन थालेका छ।
हल्का फुल्का मनोरञ्जनात्मक स्वभाव भएकासँग सङ्गत गरेर समस्याको समाधान खोज्नु अर्को राम्रा विकल्प हुनसक्छ। यसको मतलब पुरै यसबाट बाहिर निस्कनु पक्कै पनि राम्रो भने होइन। विभिन्न सरकारका प्रतिनिधि, वातावरणविद्, व्यापारी र मानव अधिकारवादी गरेर इजिप्टमा जम्मा हुनेको सङ्ख्या ३० हजार नाघ्ने अनुमान गरिएको छ।
ग्रिन हाउस ग्यास उत्सर्जनलाई घटाउने प्रतिबद्धता यसै सम्मेलनमा धेरै देशले गर्ने गरेका छन्। प्रतिबद्धता अनुसार कम गर्न असफल भएको भन्दै धेरै देशको सरकारको अहिले आलोचना भइरहेको छ।
सन् १९९२ मा यता संसारका प्राय सबै देशले जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घमा प्रतिबद्धता जनाइसकेका छन्। उनीहरूले जलवायु परिवर्तनको विषयमा साझा अवधारणा बनाएर काम गर्ने सवालमा बारम्बार हस्ताक्षर गरेका थिए। सन् १९९५ मा पहिलो पटक जर्मनीमा कोप सम्मेलन भएको थियो। त्यसपछि वार्षिक रूपमा सम्मेलन भइरहेको छ।
गएका २७ वर्षमा जलवायुका कारण समस्या बढी रहेपछि यस सम्मेलनको औचित्य बारे नै प्रश्न चिन्हसमेत खडा हुन थालेका छन्। गत वर्ष अभियन्ता थनवर्गले त्यही उपस्थित भएर प्रदर्शन गरे पनि अहिले कोप २७ मा सहभागी नहुने जनाइ सकेकी छिन्। गत साता लन्डनमा उपस्थित भएर धेरै देशका नेताले आवाज उठाउन नसकेको भन्दै विरोध गरेकी थनवर्गले अझै पनि सम्मेलन धेरै हदसम्म औपचारिकतामा सीमित रहेको आवाज उठाएकी हुन्।
मानव सृष्टिका लागि जलवायु परिवर्तनको समस्या समाधान गर्न यो सम्मेलन आंशिक रूपमा सफल हुने अपेक्षा गर्न सकिन्छ। त्यो सफलताले मात्र पछिल्लो पुस्तामा छाएको निराशालाई उत्साहमा परिणत गर्न सकिने छ।
प्री इन्डस्ट्रीयल युगपछि संसारको तापक्रम १.२ प्रतिशतले वृद्धि भइसकेको छ। यो वृद्धि बढेर २ डिग्री भन्दा बढी भएमा सायद संसारका लागि सहन पक्कै सहज हुने छैन। गत वर्ष सम्पन्न भएको कोप २६ मा गरेका प्रतिबद्धता र त्यसपछिका उपलब्धिका बारे प्रत्येक देशले आफ्नो प्रतिवेदन पेस गर्नेछन्। यस वर्ष घटेका प्राकृतीक विपत्ति र उत्पन्न थप चुनौतीका विषयमा पनि छलफल हुनेछ।
मानव सृष्टिका लागि जलवायु परिवर्तनको समस्या समाधान गर्न सायद यो सम्मेलन आंशिक रूपमा भए पनि सफल हुने अपेक्षा गर्न सकिन्छ। त्यो सफलताले मात्र पछिल्लो पुस्तामा छाएको निराशालाई उत्साहमा परिणत गर्न सकिने छ। स्रोत : बीबीसी, द भर्ज