फाइल तस्बिर

राजनीति

प्रधानमन्त्री देउवा आज धनगढीमा व्यस्त रहने

By खबरहब

November 07, 2022

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ।

झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौँ फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्।

आसन्न प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका आफ्नो निर्वाचन क्षेत्रमा लगातार चार दिन चुनावी सभामा व्यस्त रहे।

डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी आइपुगेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले देउवाले धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट गरिरहेका छन् ।

देउवाले आज धनगढीमा हुने चुनावी सभाहरुमा व्यस्त हुने उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए। उनले कहिले काठमाडौँ फर्कने भन्ने टुङ्गो लागि नसकेको बताए ।