अब वनको काम पनि एकद्वार प्रणालीबाट

By खबरहब

December 07, 2022

काठमाडौं – अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ।

लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणालीबाट हुने उल्लेख छ।

त्यसका लागि वन तथा भू-संरक्षण विभाग र भन्सार विभागबीच समझदारी भइसकेको छ।

पुस १७ गतेदेखि एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ।