ब्रेकिङ स्टोरी

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक जारी

By खबरहब

December 07, 2022

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बसिरहेको हो । 

गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसदै सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ । 

उक्त प्राप्त गरेका जबरा बुधबार नै सर्वोच्च अदालत हाजिर हुन आउने चर्चा चलिरहेका बेला न्यायाधीहरुको पूर्ण बैठक बसेको हो । 

यसैबीच, संसद सचिवालयले प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ । अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको प्रस्ताव अर्को प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ ।