फाइल तस्वीर

राजनीति

यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद

By खबरहब

December 07, 2022

काठमाडौं– आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तथ्यांकअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ४४ जना उम्मेदवार निर्वाचित भएका छन्  भने ७१ वर्षदेखि ८५ वर्ष सम्मका १३ जना सांसद निर्वाचित भएका छन् । यस आमनिर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  

५७ सिट जितेको कांग्रेसमा २० जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद छन् । यस्तै ४४ सिट जितेको नेकपा एमालेमा १२ जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद रहेका छन् । १८ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रमा एक जना मात्र उक्त उमेर समूहका सांसद छन् भने, नेकपा एकीकृत समाजवादीमा ४ जना, जसपामा १, राप्रपामा ३ सांसद सो उमेर समूहका छन् । 

यस्तै जसपामा एक, लोसपामा एक, नेमकिपामा एक र एक जना स्वतन्त्र सांसद उक्त उमेर समूहका छन् । 

१. ज्ञानेन्द्र बहादुर कार्की-६५ वर्ष २. दिनेश कुमार उदव – ६१ वर्ष ३. महेन्द्र कुमार राय – ६३ वर्ष ४. रमेश रिजाल -६५ वर्ष ५. रामनाथ अधिकारी -६१ वर्ष ६. प्रकाशमान सिंह -६६ वर्ष ७. सन्तोष चालिसे -६४ वर्ष ८. राजेन्द्र कुमार केसी -६४ वर्ष ९. मोहन बहादुर बस्ने -६७ वर्ष १०. शशांक कोइराला -६४ वर्ष ११. चन्द्रकान्त भण्डारी -६१ वर्ष १२. सुरेन्द्रराज आचार्य -६४ वर्ष १३. विनोदकुमार चौधरी -६७ वर्ष १४. दिक्पाल कुमार शाही -६१ वर्ष १५. पर्णबहादुर खड्का – ६६ वर्ष १६. हृदयराम थानी -६२  वर्ष १७. पुष्प बहादुर शाह -६१ वर्ष १८. डिल्लीराज पन्त-६६ वर्ष १९. दिलेन्द्र प्रसाद बडू -६८ वर्ष २०. टेक बहादुर गुरुङ  – ६७ वर्ष

नेकपा एमाले

१. महेश बस्नेत -६२ वर्ष २. सुवास चन्द्र नेम्वाङ -६९ वर्ष ३. देवँज घिमिरे-६६ वर्ष ४. केपी शर्मा ओली -७० वर्ष ५. भीमप्रसाद आचार्य – ६३ वर्ष ६. राम शंकर यादव -६१ वर्ष ७. लिलानाथ अधिकारी -६५ वर्ष ८. रघुवीर महासेठ -६१ वर्ष ९. कृष्णगोपाल श्रेष्ठ -६४ वर्ष १०. पृथ्वी सुब्बा गुरुङ -६४ वर्ष ११. विष्णुप्रसाद पौडेल -६२ वर्ष १२. बलराम अधिकारी -६२ वर्ष

नेकपा माओवादी केन्द्र 

१. पुष्पकमल दाहाल प्रचण्ड- ६६ वर्ष

नेकपा एकीकृत समाजवादी

१. माधव कुमार नेपाल -६९ वर्ष २. राजेन्द्र प्रसाद पाण्डे -६६ वर्ष ३. अम्मर बहादुर थापा -६५ वर्ष ४. भानुभक्त जोशी -६३ वर्ष

जनता समाजवादी पार्टी, नेपाल

१. अशोक कुमार राई -६५ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. दीपक बहादुर सिंह – ६१  वर्ष २. विक्रम पाण्डे -६९ वर्ष ३. धवलशमशेर जबरा -६१ वर्ष

लोकतान्त्रिक समाजवादी पार्टी 

१. शरतसिंह भण्डारी-६८ वर्ष

नेपाल मजदुर किसान पार्टी

१. प्रेम सुवाल -६२ वर्ष

स्वतन्त्र

१. लालवीर चौधरी -६७ वर्ष