ब्रेकिङ स्टोरी

जबरालाई दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट

By खबरहब

December 07, 2022

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

सर्वोच्च बार एसोसिएसनका सदस्य अनन्तराज लुइँटेलका अनुसार रिटमा संसद् सचिवालयले जबरालाई दिएको पत्र असंवैधानिक  र गैर कानुनी भएकाले बदर हुनुपर्ने  माग गरिएको छ।

जबरा आज दिउँसो ३ बजे अदालत जाने भनिए पनि निस्कन सकेनन्। उनी आउने सूचना पाएसँगै धर्ना दिन अदालत परिसरमा भेला भएका कानुन व्यवसायी पनि अहिले फर्किएका छन्।