मनोरञ्जन

पूजा र आकाशको बोल्डनेस

By कुबेर डंगोल

January 08, 2022

काठमाडौं– अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ नेपाली फिल्म तथा म्युजिक भिडियोमा रुचाइएका कलाकार हुन् । यो जोडीले ‘राम कहानी’, ‘पोई पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजको पखाईमा छ ।

म्युजिक भिडियोमा यो जोडी उत्तिकै व्यस्त जोडी हुन् । दर्जन बढी भिडियोमा यो जोडीले सहकार्य गरिसकेका छन् । युट्युबमा यो जोडीको अन्तरवार्ता हेर्न चाहने दर्शकको संख्या उल्लेख्य छ ।

एकताका आकाश र पुजा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको पनि होइन । भलै उनीहरुले यो कुरालाई स्वीकारेनन् । केही समयअघि मात्र उनीहरुको ब्रेकअप पनि भएको खबर बाहिर आएको थियो । भलै उनीहरु प्रेम सम्बन्धमा थिए या ब्रेकअप भयो भन्ने कुरा उनीहरुलाई मात्र थाहा छ ।