राजनीति

एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन

By खबरहब

January 08, 2022

बुटवल – नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् ।

शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् ।

सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् ।

लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ ।

रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ ।

सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताए ।