राजनीति

एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम र चेतनाथको दाबी

By खबरहब

January 08, 2022

ललितपुर – नेकपा (एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् ।

शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषोत्तम आचार्य अध्यक्षका लागि तीव्र दौडधुपमा छन् ।

नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु हुने बन्दसत्रमा सहमतिको प्रयास हुनेछ ।

चेतनाथ आफ्नो पक्षमा दुईतिहाई रहेको प्रचार गर्दै आइरहेका छन् भने पुरुषोत्तम आफू बलियो बनेको तर्क गर्छन् ।

एमालेले शुक्रबार ६१ वटा जिल्लामा अधिवेशन सुरु गरेको थियो । ती जिल्लामा नयाँ नेतृत्व चयन भइरहेको छ ।