राजनीति

ओलीलाई भेट्न प्रधानमन्नी देउवा बालकोटमा

By खबरहब

January 08, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा शनिबार बिहान साढे १० बजे देउवा बालकोट पुगेका हुन् ।

शुक्रबारको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो।

यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेटेका थिए।

पार्टीले कारबाही गरेका माधवनेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले सांसद चल्न दिएको छैन ।