समाचार

९४४ कोरोना संक्रमित थपिए, मृत्यु शुन्य

By खबरहब

January 08, 2022

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २९७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।